आज हामी आफ्नो वास्तविक नामभन्दा फरक नामले नेपाली सिनेमामा चम्किएका अभिनेत्रीहरूको बारेमा चर्चा गर्दैछौं। ती अभिनेत्रीहरू कोको हुन् र उनीहरूको बास्तविक नाम केहो त?
१. सुष्मा शाही
पछिल्लो पुस्ताको धेरै दर्शकलाई यो नाम थाहा नहुन सक्छ। र यो सामान्य पनि हो। किनभने सुष्मा शाही विगत लामो समयदेखि पाकिस्तानी सिनेमामा व्यस्त छिन्। पाकिस्तानी सिनेमामा प्रवेश गर्नुपूर्व,उनले मनको बांध,परिवर्तन,कान्छी, पच्चीस वसन्त लगायतको सिनेमामा अभिनय गरेकी थिइन्। जहाँ उनी सुष्मा शाहीको नामले परिचित थिइन्। तर उनै सुष्मा शाही २०४१ सालमा रिलिज भएको चलचित्र आदर्श नारीमा भने अंसुमाला शाहीको नामले प्रस्तुत भएकी थिइन्। तर उनको वास्तबिक नाम भने सुष्मा शाही नै थियो।
२. कृष्टी मैनाली
चम्किलो अनुहार अनि उत्कृष्ट अभिनय कृष्टी मैनालीको परिचय हो। उनै कृष्टी बिएस थापा निर्देशित चलचित्र कान्छिबाट नेपाली सिनेमामा भित्रिएकी थिइन। त्यसपछि क्रमस उनले के घर के डेरा,युगदेखि युगसम्म, सन्तान लगायत तिन दर्जनको हाराहारीमा नेपाली चलचित्रमा अभिनय गरिन्। जतिबेला उनी नेपाली सिनेमामा सक्रिय थिइन, धेरै दर्शकको रोजाइमा पर्थिन। उनै चर्चीत अभिनेत्री कृष्टी मैनालीको बास्तविक नाम भने मिना खत्री हो। चलचित्रमा प्रवेश गरेसँगै नाम परिवर्तन गरी मिनाबाट कृष्टी केसी भइन्। जब उज्जल मैनालीसँग उनको बिवाह भयाे, तब कृष्टी केसीबाट कृष्टी मैनाली भइन्।
३. करिश्मा मानन्धर
नेपाली सिनेमाको स्वर्ण युगकी एक स्वर्ण अभिनेत्री हुन् करिष्मा मानन्धर। उनले २०४२ सालमा निर्माण भएको चलचित्र सन्तानबाट नेपाली रजतपटमा प्रवेश गरेकी थिइन्, जतिबेला उनको उमेर मात्र १४ वर्षको थियो। भाउजु ,अल्लारे,यो मायाको सागर,सपना लगायत थुप्रै सिनेमाहरुमा अभिनय गरिसकेकी छिन्। उनको वास्तविक नाम भने बुनु केसी हो। जतिबेला उनी सिनेमामा प्रवेश गरीन्,त्यसबेला उनको नाम बुनुबाट परिवर्तन गरी करिष्मा केसी भइन्। र जब कलाकार तथा व्यापारी विनोद मनन्धर संग उनको विवाह भयो,तब उनको उनी करिष्मा केसी बाट करिष्मा मानन्धर भइन्। जुन नाम अहिलेसम्म नेपाली सिनेमामा र दर्शकको मनमा गहिरो रुपमा छापिएको छ।
४. निरूता सिंह
नेपाली सिनेमामा zero attitude अनि zero hater रहेको नायिका हुन निरूता सिंह। उनको जन्म विसं २०२९ असोज १० गते भारतकाे दार्जिलिङमा भएको थियो। चलचित्र दक्षिणाबाट नेपाली रजतपटमा डेब्यु गरेकी निरूता एक समयको सर्वाधिक पारिश्रमिक बुझ्ने नायिका थिइन्। उनी अभिनित दर्पण छायाँ, आफ्नो मान्छे,बन्धकी,अजम्बरी नाता लगायत सिनेमाहरु सुपरहिट सिनेमाको सुचिमा पर्छन्। उनै लोकप्रिय अभिनेतृ निरुताको वास्तविक नाम भने ललिता सिंह हो। पछि ललिताबाट नाम परिवर्तन गरी निरूता सिंह भईन।
५. पूजा चन्द
थानकोटको बाग भञ्ज्याङमा जन्मिएकी पूजा चन्द नेपाली सिनेमा सिनेमा उद्योगकी एक लोकप्रिय नायिका हुन। उनी रेडियाे बाल नाटक अनि टेलिसिरियल हुँदै चलचित्र भाउजुबाट ठुलो पर्दामा भित्रिएकी थिइन्। उनले भीष्म प्रतिज्ञा, वरपिपल,खुकुरी लगायत थुप्रै चलचित्रमा अभिनय गरेकी छिन्। उनै लोकप्रिय नायिका पूजा चन्दको बास्तविक नाम भने राधिका परियार हो। संगीत र साहित्यमा समेत रुचि राख्ने पूजा एक समय राधिका अपजसी नामले चिनिन्थिन,पछि निर्माता सुरज चन्दसंग बिवाह गरेपछि भने उनी राधिका परियार बाट पूजा चन्द भइन। जुन नाम उनको करियरकै गुड लक बन्यो।
६. उषा पौडेल
अहिले नेपाली सिनेमाबाट गुमनाम रहेपनि एकसमय उषा पौडेलको लोकप्रियता गज्जबकै थियो। उनले चलचित्र कर्म बाट नेपाली चलचित्रमा पाइला चालेकी हुन। तर जब लक्ष्मीप्रसाद देवकोटाको पुस्तकमा आधारित चलचित्र मुनमदनमा अभिनय गरिन्। तब उनकाे लोकप्रियता चुलिएर गयो।नेपाली सिनेमा बजारमा उनको माग बढ्दै गयो। त्यसपछी उनले भरोसा, क्रोध, धमाका लगायत ३० को हाराहारीमा सिनेमामा अभिनय गरेकी छिन्। उनै लोकप्रिय नायिका उषा पौडेलको बास्तविक नाम भने रुक्मिणी पाैडेल हो। चलचित्रमा प्रवेश गरेसँगै उनको नाम रुक्मिणी पाैडेलबाट नाम परिवर्तन गरी उषा पौडेल भइन्। जुन नामले आजसम्म पनि चिनिन्छिन्।
७.मेलिना मानन्धर
एक समय आफ्नो सुन्दरता र अभिनयले दर्शकको मन लोभ्याउन सफल नायिका हुन मेलिना मानन्धर। २०४९ रिलिज भएको चलचित्र प्रियसीबाट सिनेमामा पाइला चालेकी मेलिनाले सिमाना,प्रेमपिण्ड , कसलाई दिउँ याे जोवन लगायत ४५ को हाराहारीमा सिनेमामा अभिनय गरेकी छिन्। उनै लोकप्रिय नायिका मेलिना मानन्धरको वास्तविक नाम भने सुनिता मनन्धर हो।
८. पुजना प्रधान
एक समयकी चर्चित अभिनेत्री हुन् पुजना प्रधान। चलचित्र कर्मको फलमा अभिनय गरि ठूलो पर्दामा पाइला चालेकी पुजनाले पापी मान्छे,अभिमन्यु,शिकारी लगायत दुई दर्जनको हाराहारीमा सिनेमामा अभिनय गरेकी छिन्। उनै लोकप्रिय नायिका पुजना प्रधानको वास्तविक नाम भने पूजा प्रधान हो। उनी आजभोलि पुजना स्त्रीको नामले चिनिन्छिन्।
९. गरिमा पन्त
नेपाली सिनेमाको शालीन अनि कुनैपनि विवादमा नपरेको नायिकाको रूपमा चिनिन्छ गरिमा पन्तलाई। चलचित्र निखिल दाईमा अभिनय गरी ठूलो पर्दामा पाइला चालेकी गरिमाले दोबाटो, सम्झना,झोला, प्रीतिको फूल लगायत तिन दर्जनको हाराहारीमा सिनेमामा अभिनय गरेकी छिन्।
उनै लोकप्रिय नायिका गरिमा पन्तको वास्तबिक नाम भने कमला पन्त हो।
१०.युना उप्रेती
चलचित्र पर्खिबसे बाट ठुलो पर्दामा पाइला चालेकी युनाले चन्द्रावती, फर्ज , फर्केर हेर्दा लगायत डेढ दर्जनको हाराहारीमा सिनेमामा अभिनय गरेकी छिन्। उनै युना उप्रेतीको बास्तविक नाम भने यमुना उप्रेती हो। सिनेमामा प्रवेश गरेसंगै उनको
नाम यमुना बाट युना रहन गयो।
