Monday, November 25, 2024

जन्मभूमिलाई कविता मार्फत प्रस्तुत गर्दा; खाँबु सेरोफेरो

 खाँबु सेरोफेरो

छन्द : शार्दूलविक्रिडित


यो भूमि खाँबु हो अत्यन्त मनोहर, जस्तो अरू छ कहाँ ।

 प्रकृति देवीको साक्षात नजराना, खुसी फुल्दछ जहाँ।।

थुम्का थुम्का असंख्य टार टाकुरा, कतै बेंसीको फाँट।

उदाउँछ पहिलो बिहानीको रोशनी , पूर्व बैथुम्की बाट।।



     

फुल्छ लालीगुराँस ढाकी रमिते, पाखा पखेरा भरी। 

डुल्दछ पवनै मगमग बुकी त्यो , मिठो सुगन्ध छरी।।

असंख्य जलाधी खोली र खहरे, पाखा पखेरो भिर।

हुवास हो खाँबुको कोमल हृदय, रौतारानी हो शिर।।


पहाडको फरिया आहा त्यो हरिया, सुन्दर किर्किचि वन।

उड्छन् ती वारपार हुचिल र बेसारो, पङ्ख फिजाईकन।।

सँगाल्दै अनुपम त्यो प्रित मनोहर, पहाडकाे काख कुना।

कलकलकल अबिरल बग्दछ बरुवा, नित्य सुसेल्दै धुन।।


ब्राम्हण राई नेवार र कामी मगर, तामाङ्ग दमाई अनि।

बस्छन् है मितेरी सहिष्णु भावमा, साझा भातृत्व बनी।।

सभ्य सोच नितान्त सभ्य नागरिक, सभ्य समाज छ नि।

बाङ्गे डहर सालथुम्की र रानीवास, छाम्लिङ्ग बेतेनी पनि।।


झरझरझर झरना झर्दछ झमझम, सेता फोहोरा बुनी।

छरछरछर छहरा बज्रन्छ खोंचमा , लटाङ इनामे मुनि।।

खेल्छन् लुकामारी है त्यो तारेभीर, हुस्सु कुहिरो भित्र।

सौन्दर्य प्राकृतिक क्रिडा त्यो अद्भुत

, अहो कस्तो विचित्र।।


Saturday, September 14, 2024

सपना र संकल्प: दुरदराजका बालबालिकाको कथा!

 अगाडिको दृश्यमा आँखा ठोकियो, आँखामात्र ठोकिएन मोटर्साइकलको गति पनि रोकियो। शनिबारको दिन, तीनचारजना बालबालिकाहरू सडकको पेटीमा बसेर काफल बेच्दै थिए। कसैले हातभरी गुराँसको फूल लिएर बसेका थिए। गाउँघरका केटाकेटी ब्राण्डेड र सुकिलामुकिला पहिरनमा नभएपनि बोली र व्यवहारमा निर्दोषपन मज्जैले झल्किरहेको थियो। 


      "अंकल, काफल लिनु न! सय रुपैयाँ मात्र हो।"

      

      अर्को बोल्दैथियो "मेरो चै लिनु न अंकल!"


अर्कोको पालो " यिनीहरूको होईन मेरो चै लिनु न अंकल!"


यस्तो लाग्दैथियो यिनीहरूमध्ये कुनै एकको मात्र काफल किनभनें उनीहरू आफू आफू बीच नै झगडा गर्नेछन्। अनुहारमा हेरेँ। तछाडमछाड त थियो नै, मेरो काफल किनिदियोस् भन्ने भाव प्रत्येकको अनुहारमा झल्किएको थियो। बालअधिकार सम्बन्धि संस्थाहरूमा आबद्ध भएर थुप्रै बालबालिकाको सँगत गरेको हुनाले पनि उनीहरूको मनोविज्ञान सजिलै बुझ्न सक्थेँ।


"ल ल, तिमीहरू सबैको काफल म लिइदिन्छु, अब खुसी?"


पल्याकपुलुक एकअर्काको अनुहारमा हेर्दै हाे को इसारामा मुस्काए। अनि सबैको काफल एकठाउँमा जम्मा पार्न थाले, सायद मलाई सुम्पन।


"तिम्रो नाम केहो कान्छा?

"मेरो नाम, मेरो नाम किरण!"

"कति कक्षामा पढ्छौ?"

"पाँचमा"

"अनि भविष्यमा के बन्न चाहन्छौ नि?"

"मेस्सी!"

"मेस्सी होईन, मेस्सी जस्तै राम्रो खेलाडी भनन।"

"उम... त्यही...."


"अनि तिम्रो नाम चै केहो नानी?"

"मेरो नाम उषा, म नि पाँचमा पढ्छु, म त सिंगर बन्छु।"

"अाहा, तिमी सिङ्गर बन्ने? लौ न एउटा गीत सुनौ न उषाको मिठो स्वरमा!"


"लाग्दछ मलाई रमाईलो मेरै पाखा पखेरो।

हिमालचुली मुन्तिर पानी भर्ने पधेरो...।"


            



"यो गीत कसले गाउनुभएको हाे, तिमिलाई थाहा छ उषा?"


"नाई, थाहा छैन! राम्राे लाग्छ त्येसैले....."


"यो गीत स्वर्गीय गायिका लस्मित राईले गाउनुभएको हाे है।" 


"अनि यो काफल चै तिमीहरू आफैले टिप्छौ?"


"शुक्रबार चाँडै छुट्टी हुन्छ, स्कूलबाट फर्किएसी काफल टिपेर राख्छौं अनि शनिबार यहीं आएर बेच्छौं।"


यी फूलका कलिला कोपिलाजस्ता बालबालिकाहरूसँग भलाकुसारी गर्दागर्दै समय बितेको पत्तै भएन। अनि सोधेँ;


"ए,साँच्चि! तिमीहरूको काफलको मूल्य कति रुपैयाँ पाे हो?"


एकजनाले एक दुई तीन गर्दै साथीहरूलाई गनेर भने "पाँच सय"। मैले वालेटबाट हजारको नोट निकालेर दिएँ। एकजना बोली "हामीसँग त फिर्ता पैसा नै छैन... कि बस्दैगर्नु हामी अरु काफल नि टिपेर ल्याइदिन्छौँ।"


"त्यस्तो होईन, बाँकी पैसा तिमीहरू नै राख र यो पैसाले तिमीहरूलाई आबस्यक कापी कलम जे किने नि हुन्छ। अनि यति धेरै काफल म खाएर नि सक्दिनँ, यो पनि तिमीहरू नै राख अनि अरूलाई बेच है।"


"हुन्छ, तर...."


"अनि भोलिदेखि नियमित स्कूल जानु नि!"


"हुन्छ, आज त शनिबार भएर मात्र हाे।"


म उनीहरूसँग बिदा मागेर त्यहाँबाट उकालो लागे। केहि आनन्द पनि लाग्यो। आखिर म पनि त्यही उमेर पार गरेर यहाँसम्म आइपुगेको हो। र गाउँघर भन्नेबित्तिकै अवसर र सुविधाबाट टाढा, अनि तिनै गाउँघरमा पलाएका कला र प्रतिभाको मुना। उषा र किरणको सपना अनि सङ्कल्पले मनमा कताकता छोइरह्यो।   

Saturday, August 24, 2024

पृथ्वीनारायण शाह: नेपाल एकिकरण कसरी सम्भव भयो?

 आजभन्दा करीब साढे तीन सय वर्ष अगाडि। जतिबेला दक्षिणतिर भारतमा मुगल साम्राज्य बिस्तारै अस्ताउँदै थियो। र ब्रिटिश ईस्ट इंडिया कंपनीका व्यापारीहरूको चहलपहल बढ्दै गएको थियो,र त्यो समुह नेपालमा जतिबेला पनि प्रवेश गर्न सक्थ्यो। तर त्यहि समय, यता नेपालमा भने भाको देश पनि टुक्रिदै ससाना राज्यहरूमा विभाजन हुने क्रम चलिरहेको थियो। भनौं ५२ ओटा भन्दा धेरै राज्यहरूमा देश टुक्रीसकेको थियो। र नजिकका छिमेकी राज्यहरू सँग पनि विभिन्न बिषयमा मनमुटाव भइरहन्थ्यो। त्यस्तो अवस्थामा ती , अंग्रेज समूहहरू नेपाल प्रवेश गरीहलेको भए; सायद नेपालकाे पौराणिक अस्तित्व पनि बाँकी रहँदैन थियोहोला। किनकि शत्रु सँग लड्नलाई युनिटीको आबस्यकता पर्छ,जुन यहाँ पटक्कै थिएन। अझ भनौं घरभित्रको झगडाको फाइदा शत्रुले राम्रैसँग उठाउँथ्यो। तर त्यस्तो हुन पाएन,त्यसैले त अहिले हामी नेपाली हुँ भनेर गर्व गर्ने आधार छ।  अब कुरा गरौं यो विशाल नेपाल एकीकरण कसरी सम्भव भयो त? नेपाल एकिकरणमा ककसको भूमिका रह्यो?





अन्य छिमेकी राज्यलाई हडपेर आफ्नो राज्यमा गाभ्ने सोच त्यो समय हरेक राज्यका राजाहरूलाई हुने गर्दथ्यो। त्यो सोचबाट गोरखाका शाह वंशीय राजाहरूपनि अछुतो रहन सकेन। लमजुङको राजा यसोब्रम्हा शाहको छोरा द्रव्य शाहले विसं १६१६ सालमा गोरखामा एकाधिकार जमाएपछि नै लम्जुङ सँग गोर्खालीको मनमुटाव सुरु भएको थियो। आफ्नो भाइ द्रव्य शाहले हाँसिल गरेको गोरखा राज्यमा आफ्नो अधिकार रहनुपर्ने नरहरि शाहको दाबी थियो, तर द्रव्य शाहलाई आफ्नो दाजुको उक्त दाबी स्वीकार्य हुँदैन। त्यसैले गोरखा र लमजुङको बारम्बार टकराव परिरहन्थ्यो। तरपनि गोरखा आफ्नो अडान भन्दा पछि हट्न चाहँदैन थियो। द्रव्य शाहले सुरुवात गरेको गोरखा राज्यलाई केहि मात्रामा छोरा पूर्ण शाहले विस्तार गरे। त्यसपछि पूर्ण शाहको राज्य विस्तार अभियानलाई छोरा राम शाहले पनि निरन्तरता दिए । उनले उत्तर तिर राज्य विस्तार गरी गोरखालाई थप बलियो बनाए। यसरी शाह वंशको द्रव्य शाहद्वारा स्थापित गोरखा राज्यको असली विस्तार अभियान भने नरभुपाल शाहको पालादेखि हुन्छ। तर सोचेजस्तो सफलता भने मिल्दैन। यसको उदाहरण हो नुवाकोट आक्रमणमा मिलेको पराजय। 


विसं १७९९ पौष २५ गते नरभुपाल शाहको मृत्यु भएपछि गोरखा राज्यको राजा पृथ्वी नारायण शाह बने। त्यसपछि उनकै बुवाको योजना अनुसार नुवाकोटलाई आक्रमण गरे।त्यसबेला नुवाकोट पनि काठमाडौंका राजा जयप्रकाश मल्लको अधीनमा थियो। र गोर्खाली को तुलनामा उनीहरूसँग धेरै हात हतियार उपलब्ध थिए। त्यस माथि पनि बिनापूर्वतयारी गरीएको त्यो आक्रमणमा गोर्खाली फौज पराजित भए, जसरी नरभुपाल शाह पराजित भएका थिए। पहिलो आक्रमणमा हार व्यहोरेपछि, पृथ्वीनारायणले गम्भीरतापूर्वक सोच्नु पर्यो। र भारतको काशी तर्फ लागे, सँगै त्यससमयको भारतको अवस्था अध्ययन गरे । र साथमा युद्धको लागि केही हतियारहरू समेत संकलन गरेर नेपाल फर्किए। नेपाल फर्के लगत्तै विसं १८०१ असोज १५ गते नुवाकोटमाथि पुनः हमला गरे। त्यो पटकको आक्रमणमा भने गोर्खाली सेनाले सहजै विजय हासिल गर्यो। यससँगै नेपाल एकीकरणको थालनी भयो।


नुवाकोटमा विजय हासिल गरिसकेपछि उनको नजर काठमाडौंमा पर्यो। जहाँ उनले मकवानपुरबाट गोरखा फर्किने क्रममा चन्द्रागिरीबाट निशाना हालिसकेका थिए। तर तीन शक्तिशाली राज्य रहेको काठमाडौँ उपत्यकालाई आक्रमण गर्न त्यति सजिलो थिएन। त्यसैले काठमाडौँ उपत्यकामा नाकाबन्दी लगाउन सुरु गरे। त्यसैमाथि नुवाकोट बिजय पछि काठमाडौंसंग व्यापारिक सम्बन्ध रहेको भोट अर्थात तिब्बतसँगको केरुङ पट्टीको व्यापारमार्ग पृथ्वी नारायणको हातमा परिसकेको थियो। जसले गर्दा गोर्खाली हरू आर्थिक रूपमा पनि बलियो हुँदै आइरहेको थियो,जसको फाइदा आफूभन्दा आर्थिक अबस्था बलियो रहेको राज्यहरूलाई आक्रामण गर्नमा हुन्थ्यो। नुवाकोट आक्रमणमा विजयी भएको २/३ वर्षमै काठमाडौं उपत्यकाको केही भूभाग कब्जा गर्न पनि गोर्खाली हरू सफल हुन्छन्। तर विडम्बना उनीहरू त्यो स्थानबाट चाँडै लखेटिन्छन् पनि। यो घटनाबाट पृथ्वी नारायण शाहले काठमाडौंको मैदानी क्षेत्रबाट नभई अग्लो स्थान र थुम्काबाट घेर्ने योजना बनाउँछन्। यही योजना अनुसार, विसं १८११ साउन २१ गते नाल्दुम अर्थात अहिलेको नगरकोट कब्जा गर्छन। क्रमैसँग काठमाडौं वरिपरिका सबै थुमकाहरु कब्जा गर्छन्। जसले उपत्यकाको भित्री भागलाई आक्रमण गर्न सजिलो हुन्छ। 


त्यसपछि विसं १८१४ जेठ १९ गते पाटन राज्य अन्तर्गतको कीर्तिपुरमाथि आक्रमण गर्छन्।  तर यो आक्रमणमा भने गोर्खालीहरुले ठूलो हार व्यहोर्न पुग्छन्। यही आक्रमणमा काजी कालु पाँडेको मृत्यु हुन्छ,जो पृथ्बी नारायण शाहको सुरूवात देखिको सहयोगी थिए। यसै घटनामा जिवन थापा र लाटा खत्री लगायतका गोर्खाली सैनिकको मृत्यु हुन्छ। यो ठूलो हारपछि गोर्खालीको विजय यात्रा केही समयको लागि रोकिन्छ।


कीर्तिपुरको त्यो ठूलो हारबाट अनुभव प्राप्त गरी गोर्खाली सेनाले आफ्नो फौजलाई थप सशक्त बनाउन थाले। र विसं १८१९ सम्ममा काठमाडौं उपत्यकाको ३ मल्ल राजा हरूको धेरैजसो भूभाग गोर्खाली सेनाले आफ्नो कब्जामा पारिसकेका थिए। काठमाडौं उपत्यकाको मुख्य व्यापारिक नाका हरू नै गोर्खालीको कब्जामा रहेको हुनाले पनि ३ मल्ल राज्यहरूको आर्थिक अबस्था कमजोर हुँदै गरिरहेको थियो। यसैविच काठमाडौं उपत्यकालाई चारैतिर बाट घेर्न थाल्छन् गोर्खाली सेना ले, बाहिरबाट आउने सबै उपभोग्य वस्तुहरू रोकिदिन्छन्।  तरपनि दक्षणतर्फ मकवानपुरबाट भने वस्तुहरू भित्रिरहेका हुन्थे, कारण थियो पृथ्वी नारायण शाहका जेठान दिगबन्धन सेन। जो त्यस समय मकवानपुर राज्यको राजा थिए, र पृथ्वी नारायण शाहसँग पारिवारिक खटपट र रिसिबी रहेको थियो।


त्यसैले गोर्खाली सेनाले मकवानपुर राज्यलाई नै अाक्रमण गरे तयारी गर्न थाले। र गरेपनि। तर विलासिताले जर्जरिएको मकवानपुरका सेनहरु गोर्खालीको अघि टिक्न सकेनन्। त्यसैले विसं १८१९ भदौ ९ गते मकवानपुर पनि पृथ्ीनारायणको कब्जामा रह्यो। आफ्नो स्वामित्व गुमाएपछि केही सेन राजाहरू भारततर्फ हान्निए, जहाँका नवाब हरुसंग उनीहरूकै विशेष सम्बन्ध थियो। सेनहरुको हारगुहार गरेपछि gurgin खानको नेतृत्वमा ठूलो संख्यामा नवाब फौज नेपाल भित्रिन्छन्। ५०० को संख्यामा हातहतियार अनि २ ओटा तोप सहित नेपाल भित्रिएका नवाबहरूको एउटै उद्देश्य हुन्छ कि गोर्खालीहरुलाई मकवानपुरबाट खेदाउनु। तर सोचेजस्तो हुँदैन, पहाडी क्षेत्रमा कसरी युद्ध लड्नुपर्छ भन्ने ज्ञान नभएका नवाबहरूको हार यसरी हुन्छ कि सारा हातहतियार छोडेर उनीहरू भाग्छन्। ति सबै हातहतियार गोर्खाली सेनाले संकलन गर्छन् र तिनै हातहतियारको प्रयोग् गरी गोर्खाली सेनाले ५ ओटा सैनिक कम्पनीको स्थापना गर्छन्। त्यसपछि त काठमाडौं उपत्यकालाई घेर्न झनै सहज वातावरण बन्यो।


उपत्यकामा नाकाबन्दी गरेर,गोर्खाली सेनाले चारैतिर बाट आक्रमण सुरु गरे। उपभोग्य सामग्री को संकट झेलिरहेको उपत्यकामा , यसपटक भने १८२२ चैत्र ३ गते कीर्तिपुरमाथि गोर्खाली सेनाले सजिलै बिजय हासिल गर्न सफल हुन्छ। आफुले जितेको कीर्तिपुर काठमाडौँ उपत्यकाको अग्लो स्थान भएका कारण पनि गोर्खाली सेनामा थप उर्जा मिल्छ। ताकि अग्लो स्थान बाट अन्य मैदान क्षेत्रमा अाक्रमण गर्न सजिलो होस। 


यता गोर्खाली सेनाबाट आफ्नो क्षेत्र मिचिदै आएपछि कान्तिपुर अर्थात काठमाडौंका राजा जयप्रकाश मल्लले गोर्खाली हरुलाई उपत्यकाबाट धपाउने योजना बनाउन थाल्छन्। र गोर्खालीलाई उपत्यका बाट खेदाउन अंग्रेजहरुको सहायता लिन्छन्। तर मकवानपुरको घटनापछि अंग्रेजहरु पनि पृथ्वी नारायण शाह देखि तर्सिएका थिए। तर पनि यस्तो शक्तिशाली फौजले पछि आफुलाई पनि निशाना बनाउन सक्ला, त्यसैले कलिलै अवस्थामा यो शक्तिलाई निष्क्रिय पार्नुपर्छ भन्ने उद्देश्यले अंग्रेजहरू नेपाल भित्रिए। आधुनिक हातहतियार सहित को अंग्रेज फौज तराईको समथर भागमा त सजिलै पार गरे। तर पहाड उक्लन नपाउँदै सिन्धुलीमाढीमा गोर्खाली सेनाको फौजद्वारा आक्रमणमा पर्दा अंग्रेजहरु सम्हालिन सक्दैनन्, हतियार छोडेर विसं १८२४ मा  त्यहाँबाट फरार भाग्छन्। 


यो घटनापछि उपत्यकाको ३ मल्ल राजाहरू झनै हतासिए। उता गोर्खाली सेना भने अङ्ग्रेजले छोडेको हतियार संकलन गरेर थप शक्तिशाली बन्दै गइरहेका थिए। त्यसैले विसं १८२५ असोज १३ गते उपत्यकाको मल्ल राज्यमा प्रवेश गर्न सफल भए। 


त्यसदिन नगर भरी इन्द्रजात्राको रौनक चलिरहेको थियो। त्यसैले पनि सहरको मुख्य प्रवेशद्वारहरुमा त्यति कडाइ गरीएको थिएन। भनौं सुरक्षा अबस्था लचिलो थियो।



त्यसैदिन भीमसेन स्थान,टुँडिखेल र नरदेवी गरि तीन स्थानबाट गरोखली सेनाले घेर्छन्,त्यसैबीच केही समयको लडाईपछि जयप्रकाश मल्ल आफ्नो केहि सेनाहरू लिएर पाटन राज्यतिर भाग्छन्, र यता राजा जयप्रकाश मल्लको राजगद्दी खाली भएपछि त्यहाँ पृथ्वी नारायण शाह बस्छन्। उता जयप्रकाशले भने जाँदाजाँदै तलेजु भवानीको छेउछाउमा बारूद छर्न भ्याउँछन्। र पछि त्यही बारूद पड्किएर सेनापति तुलाराम पाण्डे घाइते बन्न पुग्छन् र पछि मृत्यु हुन्छ। यसरी कान्तिपुर यानिकी पुरानो काठमाडौं राज्य पृथ्वी नारायण शाहको अधिनमा आउँछ। यसरी १८०१ असोज १५ गते नुवाकोट प्रवेश गर्न सफल भएको पृथ्वी नारायण त्यसको २४ वर्षपछि ठूलो मेहेनतले काठमाडौं यानिकी नेपाल खाल्डो प्रवेश गर्न सफल हुन्छन् । त्यो भन्दा अघिल्लो दिनसम्म उनले काठमाडौंको दहचोकलाई आफ्नो युद्धकालीन राजधानी बनाएका थिए। त्यहाँ बसेर उनले पश्चिमी भूभागको बचाउ गर्नुको साथै पूर्वमा टिष्टासम्मको युद्धलाई सम्हालेका थिए। 


काठमाडौंलाई आफ्नो कब्जामा लिइसकेपछि पृथ्वी नारायण शाहले पटनलाई पनि कब्जा गर्ने योजना बनाउँछन्। र त्यसै अनुरूप काठमाडौंमा विजय प्राप्त गरेको ठीक ११ दिनपछि विसं १८२५ असोज २५ गते गोर्खाली सेना पाटनतर्फ अघि बढ्छ। तर जयप्रकाश मल्ल र पाटनका राजा तेजनरसिंह मल्ल भक्तपुरका राजा रणजित मल्लको राज्य तिर भागिसकेका हुन्छन। त्यसैले पनि पाटन राज्यलाई कब्जा गर्न कुनै सङ्घर्ष गर्नै पर्दैन। स्वतः पृथ्वी नारायण शाहको अधिनमा आउँछ। उनी पूर्वतिर राज्य विस्तार गर्न सफल भइरहेको बेला उता आफ्नै गोरखा राज्य भने गुमाउने खतरा भइसकेको थियो, पुरानो शत्रु राज्य लम्जुङ्गले गोरखा माथि बारम्बार हमला गरिरहेका थिए। त्यसैले काठमाडौं र पाटनपछि तत्काल भक्तपुरलाई आक्रमण नगरी गोरखाको अस्तित्व बचाउन तर्फ लागे। 


शत्रु राज्यबाट गोरखालाई जोगाइराख्न निक्कै जुक्ति लागाए पृथ्वी नारायणले, त्यसैले कौटिल्यको सिदान्त अनुसार चौबिसे राज्यभन्दा पर बाइसे राज्यसंग उनले मितेरी गाँस्न थाले। त्यही क्रममा जाजरकोटका राजासँग मित्रता गास्छन् र सल्यानी राजा कृष्ण शाहकी छोरासँग आफ्नी छोरी विल्लास्वतीको बिवाह गरिदिन्छन्। यो सम्बन्धले उनको पालमा मात्र होइन, नाति रणबहादुर शाहको पालाको राजकुमार वहादुर शाहलाई बाइसे राज्यहरू नयाँ नेपालमा गाभ्न सजिलो भयो।


अब आउँ काठमाडौं तिरै, काठमाडौं र पाटनमा विजयी भए लगत्तै पृथ्वी नारायणले भक्तपुरलाई अाक्रमण गर्दैनन्। यसको धेरै कारणहरू मध्ये,एउटा कारण हो कि भक्तपुरका राजा रणजित मल्ल उनको मितबुवा हुनु पनि हो। किनभने उनले रणजित मल्लको छोरा वीरनरसिंह मल्लसँग मित लगाएका थिए। त्यसैले मितबुवालाई फकाउने कोसिस गरे। तर रणजित मल्लले गद्दी नछोड्ने अडान लिएपछि भक्तपुरमाथि हमला गर्न पृथ्वी नारायण शाह बाध्य भए। र भक्तपुरलाई आक्रमण गरे। लगातार ३ दिनसम्म चलेको घमासान युद्धपछि विसं १८२६ माघ १ गते भक्तपुरमाथी गोर्खाली विजयी हुन्छ। यो युद्दमा धेरै जनधनको क्षतिपनी भयो,तथापि गोर्खाली सेनालाई भने ठूलो सफलता हात पर्छ। यही युद्दमा कान्तिपुरबाट भागेर आएको जयप्रकाश मल्ललाई गोली लागि घाइते बन्न पुग्छ र विसं १८२६ माघ ८ गते मृत्यु हुन्छ। 


काठमाडौंलाई आफ्नो भूभागमा गाभिसकेपछि उनी पश्चिमतर्फ राज्य विस्तार गर्ने तयारीमा जुट्छन्। पुरानै रस्साकस्सी रहेको लम्जुङलाई परास्त गर्नु पृथ्वी नारायण शाहको चुनौती हुन्छ। त्यसैले ठूलो दलबलको साथमा उनी लमजुङमाथि हमला गर्छन। र बिजय हासिल गर्छन् पनि। तर जितको खुसियाली मनाउन नपाउँदै चौबिसे राज्यहरूका ठूलो संख्यामा सेना आइलगेपछि गोर्खालीको केही लाग्दैन। जितेको भूभाग फेरि खोसिन्छ। यतिमात्र होइन,यो युद्दमा केहरसिंह बस्न्यातले वीरगति प्राप्त गर्छन। अनि कालु पाँडेको छोरा वंशराज पाँडे विपक्षीको बन्दीमा पर्छन्। पश्चिमतर्फ राज्य विस्तार गर्ने क्रमममा भएको त्यो नमिठो हारपछि उनी गोरखा फर्किए र पूर्वी भाग विस्तार गर्न लागे। पूर्वतर्फ खटाइएका सेनाहरूले छोटो समयमै चौदण्डिगढी र विजयपुर लगायतका सेन राज्यहरूमा बिजय हासिल गर्यो। जसकारण पूर्व तर्फको सिमाना सिक्किम सम्म हुन गयो जसलाई पहिले सुख्खिम भन्ने गरिन्थ्यो। यसरी गोरखा देखि पूर्व सिक्किमको टिष्टा नदीसम्मको भूभाग एकीकरण गरिसकिएको थियो।


त्यसपछि पुनः पश्चिमतर्फको एकीकरण अभियानको तयारीको लागि पृथ्वी नारायण नुवाकोट फर्किन्छ। र नुवाकोटमा बसेर पश्चिम एकीकरणको योजना तयार गर्छन्। तर त्यही समय उनलाई कडा रोगले थलाउँछ। उनी युद्धको लागि निस्कन नसक्ने र धेरैदिन बाँच्न नसक्ने अनुमान लगाउँछन्। तरपनि उनलाई जसरी भएपनि लमजुङ लगायतको पश्चिमी राज्यहरू एकीकरण गर्नु थियो। त्यसैले आफ्ना सबै भारदारहरुलाई बोलाएर आफ्नो पुरै योजना सुनाउँछन् र उपदेश दिन्छन्। र विसं १८३१ माघ १ गते , मात्र ५२ वर्षको उमेर उनको मृत्यु हुन्छ।


यसरी जम्मा १२००० घरघुरी रहेको गोरखा राज्यको राजाले आफूभन्दा बलियो राज्यहरूलाई घुँडा टेकाउनुमा उनको पराक्रम देखिन्छ नै। त्यतिमात्र नभएर उनको सैनिक शक्तिको साहस पनि प्रस्टै देखिन्छ। तर यो भनिरहँदा एकपल्ट सोचौँ न,सैनिक शक्तिले मात्र एकीकरण सम्भव भयो होला त? राज्यभित्र त राजपरिवार मात्रै हुँदैनन्, त्यहाँ त हज्जारौं लाखौंको संख्यामा सर्वसाधारण रहेका हुन्छन् । उनीहरुलाई कसरी मनाए होलान् त? यस्को उत्तर विभिन्न पुस्तकमा लेखिएको छ, की उनी जहाँ अाक्रमण गर्थे त्यहाँका जनतालाई कुनै नोक्सानी नहुने गरेर आक्रमण गर्थे। अर्को कुरा उनले बिजय हासिल गरेको स्थानहरूको देवदेवता, धार्मिक र सांस्कृतिक पक्षहरूको रक्षा गर्नुको साथै स्थानीयहरुलाई कूनै प्रकारको कष्ट दिँदैन थिए। यो प्रकारको सौहार्द व्यवहारको कारण पनि जनताहरू पृथ्वी नारायण शाहको पक्षमा उभिन्थे।


✍️ सत्यराज राई 










Tuesday, April 16, 2024

नाम परिवर्तन गरी चलचित्र क्षेत्रमा चम्किएका अभिनेत्रीहरू, कसको नाम के?

 आज हामी आफ्नो वास्तविक नामभन्दा फरक नामले नेपाली सिनेमामा चम्किएका अभिनेत्रीहरूको बारेमा चर्चा गर्दैछौं। ती अभिनेत्रीहरू कोको हुन् र उनीहरूको बास्तविक नाम केहो त?



१. सुष्मा शाही

पछिल्लो पुस्ताको धेरै दर्शकलाई यो नाम थाहा नहुन सक्छ। र यो सामान्य पनि हो। किनभने सुष्मा शाही विगत लामो समयदेखि पाकिस्तानी सिनेमामा व्यस्त छिन्। पाकिस्तानी सिनेमामा प्रवेश गर्नुपूर्व,उनले मनको बांध,परिवर्तन,कान्छी, पच्चीस वसन्त लगायतको सिनेमामा अभिनय गरेकी थिइन्। जहाँ उनी सुष्मा शाहीको नामले परिचित थिइन्। तर उनै सुष्मा शाही २०४१ सालमा रिलिज भएको चलचित्र आदर्श नारीमा भने अंसुमाला शाहीको नामले प्रस्तुत भएकी थिइन्। तर उनको वास्तबिक नाम भने सुष्मा शाही नै थियो।


२. कृष्टी मैनाली

चम्किलो अनुहार अनि उत्कृष्ट अभिनय कृष्टी मैनालीको परिचय हो। उनै कृष्टी बिएस थापा निर्देशित चलचित्र कान्छिबाट नेपाली सिनेमामा भित्रिएकी थिइन। त्यसपछि क्रमस उनले के घर के डेरा,युगदेखि युगसम्म, सन्तान लगायत तिन दर्जनको हाराहारीमा नेपाली चलचित्रमा अभिनय गरिन्। जतिबेला उनी नेपाली सिनेमामा सक्रिय थिइन, धेरै दर्शकको रोजाइमा पर्थिन। उनै चर्चीत अभिनेत्री कृष्टी मैनालीको बास्तविक नाम भने मिना खत्री हो।  चलचित्रमा प्रवेश गरेसँगै नाम परिवर्तन गरी मिनाबाट कृष्टी केसी भइन्। जब उज्जल मैनालीसँग उनको बिवाह भयाे, तब कृष्टी केसीबाट कृष्टी मैनाली भइन्। 


३. करिश्मा मानन्धर

नेपाली सिनेमाको स्वर्ण युगकी एक स्वर्ण अभिनेत्री हुन् करिष्मा मानन्धर। उनले २०४२ सालमा निर्माण भएको चलचित्र सन्तानबाट नेपाली रजतपटमा प्रवेश गरेकी थिइन्, जतिबेला उनको उमेर मात्र १४ वर्षको थियो। भाउजु ,अल्लारे,यो मायाको सागर,सपना लगायत थुप्रै सिनेमाहरुमा अभिनय गरिसकेकी छिन्। उनको वास्तविक नाम भने बुनु केसी हो। जतिबेला उनी सिनेमामा प्रवेश गरीन्,त्यसबेला उनको नाम बुनुबाट परिवर्तन गरी करिष्मा केसी भइन्। र जब कलाकार तथा व्यापारी विनोद मनन्धर संग उनको विवाह भयो,तब उनको उनी करिष्मा केसी बाट करिष्मा मानन्धर भइन्। जुन नाम अहिलेसम्म नेपाली सिनेमामा र दर्शकको मनमा गहिरो रुपमा छापिएको छ।


४. निरूता सिंह

नेपाली सिनेमामा zero attitude अनि zero hater रहेको नायिका हुन निरूता सिंह। उनको जन्म विसं २०२९ असोज १० गते भारतकाे दार्जिलिङमा भएको थियो। चलचित्र दक्षिणाबाट नेपाली रजतपटमा डेब्यु गरेकी निरूता एक समयको सर्वाधिक पारिश्रमिक बुझ्ने नायिका थिइन्। उनी अभिनित दर्पण छायाँ, आफ्नो मान्छे,बन्धकी,अजम्बरी नाता लगायत सिनेमाहरु सुपरहिट सिनेमाको सुचिमा पर्छन्। उनै लोकप्रिय अभिनेतृ निरुताको वास्तविक नाम भने ललिता सिंह हो। पछि ललिताबाट नाम परिवर्तन गरी निरूता सिंह भईन।


५. पूजा चन्द

थानकोटको बाग भञ्ज्याङमा जन्मिएकी पूजा चन्द नेपाली सिनेमा सिनेमा उद्योगकी एक लोकप्रिय नायिका हुन। उनी रेडियाे बाल नाटक अनि टेलिसिरियल हुँदै चलचित्र भाउजुबाट ठुलो पर्दामा भित्रिएकी थिइन्। उनले भीष्म प्रतिज्ञा, वरपिपल,खुकुरी लगायत थुप्रै चलचित्रमा अभिनय गरेकी छिन्। उनै लोकप्रिय नायिका पूजा चन्दको बास्तविक नाम भने राधिका परियार हो। संगीत र साहित्यमा समेत रुचि राख्ने पूजा एक समय राधिका अपजसी नामले चिनिन्थिन,पछि निर्माता सुरज चन्दसंग बिवाह गरेपछि भने उनी राधिका परियार बाट पूजा चन्द भइन। जुन नाम उनको करियरकै गुड लक बन्यो। 


६. उषा पौडेल 

अहिले नेपाली सिनेमाबाट गुमनाम रहेपनि एकसमय उषा पौडेलको लोकप्रियता गज्जबकै थियो। उनले चलचित्र कर्म बाट नेपाली चलचित्रमा पाइला चालेकी हुन। तर जब लक्ष्मीप्रसाद देवकोटाको पुस्तकमा आधारित चलचित्र मुनमदनमा अभिनय गरिन्। तब उनकाे लोकप्रियता चुलिएर गयो।नेपाली सिनेमा बजारमा उनको माग बढ्दै गयो। त्यसपछी उनले भरोसा, क्रोध, धमाका लगायत ३० को हाराहारीमा सिनेमामा अभिनय गरेकी छिन्। उनै लोकप्रिय नायिका उषा पौडेलको बास्तविक नाम भने रुक्मिणी पाैडेल हो। चलचित्रमा प्रवेश गरेसँगै उनको नाम रुक्मिणी पाैडेलबाट नाम परिवर्तन गरी उषा पौडेल भइन्। जुन नामले आजसम्म पनि चिनिन्छिन्।


७.मेलिना मानन्धर

एक समय आफ्नो सुन्दरता र अभिनयले दर्शकको मन लोभ्याउन सफल नायिका हुन मेलिना मानन्धर।  २०४९ रिलिज भएको चलचित्र प्रियसीबाट सिनेमामा पाइला चालेकी मेलिनाले सिमाना,प्रेमपिण्ड , कसलाई दिउँ याे जोवन लगायत ४५ को हाराहारीमा सिनेमामा अभिनय गरेकी छिन्। उनै लोकप्रिय नायिका मेलिना मानन्धरको वास्तविक नाम भने सुनिता मनन्धर हो।


८. पुजना प्रधान 

एक समयकी चर्चित अभिनेत्री हुन् पुजना प्रधान। चलचित्र कर्मको फलमा अभिनय गरि ठूलो पर्दामा पाइला चालेकी पुजनाले पापी मान्छे,अभिमन्यु,शिकारी लगायत दुई दर्जनको हाराहारीमा सिनेमामा अभिनय गरेकी छिन्। उनै लोकप्रिय नायिका पुजना प्रधानको वास्तविक नाम भने पूजा प्रधान हो। उनी आजभोलि पुजना स्त्रीको नामले चिनिन्छिन्।


९. गरिमा पन्त

नेपाली सिनेमाको शालीन अनि कुनैपनि विवादमा नपरेको नायिकाको रूपमा चिनिन्छ गरिमा पन्तलाई। चलचित्र निखिल दाईमा अभिनय गरी ठूलो पर्दामा पाइला चालेकी गरिमाले दोबाटो, सम्झना,झोला, प्रीतिको फूल लगायत तिन दर्जनको हाराहारीमा सिनेमामा अभिनय गरेकी छिन्। 

उनै लोकप्रिय नायिका गरिमा पन्तको वास्तबिक नाम भने कमला पन्त हो।  


१०.युना उप्रेती

चलचित्र पर्खिबसे बाट ठुलो पर्दामा पाइला चालेकी युनाले चन्द्रावती, फर्ज , फर्केर हेर्दा लगायत डेढ दर्जनको हाराहारीमा सिनेमामा अभिनय गरेकी छिन्। उनै युना उप्रेतीको बास्तविक नाम भने यमुना उप्रेती हो। सिनेमामा प्रवेश गरेसंगै उनको

 नाम यमुना बाट युना रहन गयो।



Monday, April 15, 2024

Full Biography of Nepali Actor Biraj Bhatta

 Biraj Bhatt is an evergreen actor of Nepali cinema industry. His fans are not less than they were then. The craze of Biraj, who ruled Nepali movies for almost a decade, was extremely high at that time. Strong body, heavy voice and skillful acting are his characteristics. The audience flocked to the hall to watch his action. Today in this Article I am presenting the biography of Biraj Bhatt. Dear audience, now let's get to the topic.




1. childhood


Biraj Bhatt was born on 7th Paush 2028 in Godavari Municipality Ward No. 5 Geta of Kailali District. His ancestral home is Dadeldhura. He is the youngest child among 4 siblings. Biraj's real name is Bhojraj Bhatta. Biraj was also fearless and courageous from a young age. If someone was wronged in the society, he had a habit of retaliating against it. He was a courageous Biraj and also had a fun-loving nature. If there was a fun event at someone's house in the neighborhood, it would be more fun.


From class 1 to 8, he studied at Saraswati High School in the village. When he completed his studies there till class 8, his elder brother Chetraj Bhatt was living in Dehradun, India. Later, on the advice of his family, Biraj also went to Dehradun with his brother. There he joined DAV post graduate college. Biraj, who is interested in sports, started studying there as well as taking Taekwondo training. At that time, advertisements on television and Bollywood cinema attracted Biraj's heart. He resolved to appear on that screen one day. While he was struggling to prepare himself for cinema. At that time, his younger brother used to help him financially. As time went by, he got a black belt in Taekwondo and also completed his bachelor's degree from DAV college and returned to Nepal.


2. His film career


He was not born in a filmy family. That's why the family had no interest in cinema, the family wanted Biraj to study well and get a job. But in Biraj's mind, the desire to become a movie hero was over. He wanted to be seen on the cinema screen anyway. Biraj was confident that he was perfectly fit for the film. So he came to Kathmandu in 2052 Bs and started meeting people related to cinema. At the same time, he got a chance to act in the teleserial Paso, but unfortunately that serial did not perform.


He was struggling when the director Tulsi Ghimire told him that he did not have the face to be a hero. Similarly, Biraj has the unpleasant experience of hearing bad words from other directors. However, he did not give up, he was ready to work even in small roles in cinema. At the same time, he met director Kishor Subba, at that time Kishor Subba was preparing to direct the movie Khukuri. Kishor promised to give Biraj a break as a hero in his film, but later failed to pay the stipulated amount to the production side, so he appeared only in a supporting role. He also worked in Tharu language movie Abhagan Subhagan which was produced in 2062. Even after that, Biraj appeared only in supporting roles in films like Agneepath, Maidan, in his memory. But by that time Biraj's acting and action were liked by many viewers. After that, he started appearing on the screen as a hero in the movie Himmat, made under the banner of Rekha Films. The movie was well received by the audience. After the success of the movie Himmat, many movie offers started coming. At the same time, he met Kismat, Dadagiri, Khalnayak, Jeevandata and many others


Acted in the movie.


His popularity was increasing as the day doubled and the night quadrupled. Especially around 65/66 BS, he was also the highest paid actor at that time, earning Rs 325,000 per film. Whereas at that time Nikhil Upreti was getting 3 lakh and Rajesh Hamal was getting 2 lakh 75 thousand. 2066 was a great year for Biraj, out of 35 movies made in that year, 14 movies were of Biraj. He also won the National Film Award in the category of Best Actor for the movie Khalnayak which was produced in 2065.


3. Gossip and discord


Biraj Bhatt is one of the least controversial actors. Even before entered the movie, he got married to involve in actress. But sometimes they get into conflict with their counterparts, actors and technicians. At one time Nikhil's stardom hype and media hype used to heat up the market. So much so that when the movie Kasam was being shot, at that time Nikhil Upreti, the hero of the movie, got married to actress Sanchita Luitel and went to Mumbai. Producer Ram Prasad Rijal offered Biraj Bhatt a salary of Rs 5 lakh for 10 days after Nikhil refused when he asked him to return to the shoot. But he refused saying that he will not do the film he left under any circumstances. Similarly, in the year 2070, the release dates of actress Rekha Thapa's movie Kali and Biraj's Bhojpuri movie Damini, dubbed in Nepali language, coincided. A controversy arose when Rekha called Biraj a 'dead dog' during the promotions of the movie. In response, he called Rekha indiscreet. Recently, during the production of his home production movie Sanglo, the production manager Sankar Pandey was beaten up. 


4. married life

Biraj was already married before starting his film career. But most of the viewers did not know that he was married until recently. Biraj Bhatt is married to Saraswati Bhattarai. He also has two sons, Sameer and Sanir. Although she has been in India most of the time for acting, Mrs. Saraswati Bhatt has been living in her own residence in Balkot, Bhaktapur with her two sons.


5. In Bhojpuri cinema

It is about the year 2067 Bs, when Biraj had a good influence in Nepali cinema. One after the other movies starring him were becoming commercially successful, at that time, suddenly his career shifted towards Bhojpuri cinema. However, he had already made his debut in Bhojpuri cinema in the year 2065 with the movie Lagal Raha Ae Raja Ji. After working in Tulsi Ghimire's movie Mrigatrishna in 2068, Biraj, who has completely returned to Bhojpuri movies, has acted in many movies including Mahabharata, Panchayat, Jungle Raj, Hitler, Son of Bihar. As a tiger actor in Nepali movies, Parichat Biraj has created the image of an action star in Bhojpuri movies as well.


6. Cinema Direction Journey 

Biraj, who has acted in around 250 movies including Nepali Bhojpuri Tharu and Bengali language movies, has also started directing himself. He made his directorial debut with his own home production movie Sanglo. The movie was released on Magh 24, 2077. The chain, which was built with an investment of 2 crores, managed to do business of around 8 crores. Not only was the movie successful at that time, Biraj Bhatt also won the D Cine Award in the best debut director category from the movie Solo. Recently, he is preparing to produce the movie 'Bahra Gaun' under the banner of his own home production Biraj Bhatt Films. It has been confirmed that the movie will be completely action and thriller genre.


- Satya Raj Rai

Sunday, April 14, 2024

नेपाली सिनेमाको स्वर्ण युगका, स्वर्ण अभिनेत्रीहरू

 विषेशगरी २०३६ देखि २०४६ सालसम्मको दशकलाई  नेपाली चलचित्रको स्वर्णयुग मानिन्छ। तथापी जनयुद्ध उत्कर्षमा नपुग्दासम्म नेपाली चलचित्रको अवस्था एकदमै राम्रो थियो। त्यस अवधिमा थुप्रै सिनेमाहरु निर्माण भए, साथै थुप्रै कलाकारहरुको उदय पनि भयो। ती कलाकारहरुले सिनेमामा एउटा त पहिचान बनाए नै, साथै नेपाली चलचित्रको विकासमा पनि टेवा पुग्यो। डिजिटल माध्यमको विकास नभइसकेको त्यो समयमा कलाकारलाई हेर्न कै निम्ति दर्शकहरु सिनेमा हल सम्म पुग्थे। जसको प्रत्यक्ष फाइदा सिनेमा निर्माण पक्षलाई हुन्थ्यो। तर त्याे समयका अधिकांश कलाकारहरु अहिले सिनेमाबाट टाढीसकेका छन्। ती मध्ये का केहीको चर्चा गरौँ।





१. निरूता सिंह

कुनै समय नेपाली चलचित्रमा एकछत्र राज गर्न सफल नायिका हुन् निरूता सिंह। तुल्सी घिमिरे निर्देशित चलचित्र दक्षिणाबाट २०५१ सालमा नेपाली सिनेमामा पाइला चालेकी निरूता सिंहले बन्धकी, दर्पन्छाँया, आफ्नो मान्छे, लहना लगायत थुप्रै सिनेमामा अभिनय गरेकी छिन्। उनी अभिनित प्राय अधिकांश चलचित्र सुपरहिट भएको थियो। त्यस समयकी व्यस्त अभिनेत्री निरुताले पारिश्रमिक पनि नायकले जति नै लिन्थिन्। तर उनी अचानक नेपाली सिनेमाबाट पलायन भइन्। नेपाली चलचित्रबाट पलायन हुनुको कारण उनी पुज्दै आएको चलचित्र क्षेत्रमा विकृति आएर हो भन्छिन्। तर याे बीचको समयमा पनि उनले चलचित्रमा सहायक भूमिकाहरु निर्वाह गरेकी छिन्। लामो समयदेखि भारतको मुम्बईमा वसोवास गर्दै आएकी निरुताले हालसालै विवाह गरेकी छिन्। उनले भारतीय नागरिक संजीव गुलाटी सँग  लगनगाँठो कसेकी छिन्।



२. जल शाह

कुनै समय अभिनेत्री जल शाहको सुन्दरता र अभिनयको चौतर्फी चर्चा हुने गर्थ्यो, विषेशगरी २०५७ सालतिर। चलचित्र श्री स्वस्थानीबाट अभिनय यात्रा सुरूवात गरेकी जलले नायिकाको रूपमा भने चलचित्र अवतारबाट डेब्यु गरेकी हुन्। उनले याे मायाको सागर, पराई घर, आशीर्वाद लगायत ५० को हाराहारीमा सिनेमामा अभिनय गरेकी छिन्। उनी अभिनित प्राय अधिकांश चलचित्रले दर्शकको राम्राे साथ पाएको थियाे। २०६३ सालमा चलचित्र क्रोधमा काम गरेपछि शरद रिमाल सँग उनको विवाह भयो। त्यसपछी उनि नेपाली सिनेमाबाट पलायन भइन्। उनी हाल परिवार सहित संयुक्त राज्य अमेरिकामा बसोबास गर्दै आएकी छिन्।


३. करिश्मा मानन्धर

नेपाली रजतपटमा सबैभन्दा सुन्दर नायिकाको रुपमा चिनिन्छिन् बुनु केसी यानिकी करिश्मा मानन्धर। मात्र १४ वर्षको उमेरमा चलचित्र सन्तानबाट नेपाली सिनेमामा पाइला चालेकी करिश्माले ट्रक ड्राइभर, अल्लारे, दुलही लगायत थुप्रै चलचित्रमा अभिनय गरेकी छिन्। उनी अभिनित बसन्ती, जिन्दगानी, अल्लारे, ढुकढुकी लगायतका सिनेमाले हलमा ५१ र १०१ दिन मनाउन सफल भएको थियो। उनले अभिनयमात्र नभएर सिनेमा बाबुसाहेब निर्माण पनि गरिन्। तर बाबुसाहेब असफल रहेपछि उनी अमेरिका तिर लागिन्। अमेरिकामा करिब ५ वर्ष बसेर उनी नेपाल फर्किइन्। नेपाल फर्केलगत्तै उनी चलचित्र भन्दा बाहिर राजनीति तिर मोडिइन। नेकपा एमालेमा आवद्ध रहेकी करिश्मा पछिल्लो समय सिनेमा भन्दापनि राजनीतिमा सक्रिय छिन। 


४. पूजा चन्द

थानकोटमा जन्मिएकी पूजा चन्द नेपाली चलचित्रको परिचित पात्र हुन्। चलचित्र भाउजुबाट ठुलो पर्दामा पाइला चालेकी पूजाले छोराबुहारीबाट नायिकाको रूपमा परिचय बनाइन्। त्यसपछी उनले आवारा ,देउराली,वरपिपल,भिश्माप्रतिज्ञा लगायत थुप्रै सिनेमामा अभिनय गरेकी छिन्। र प्रायः उनी अभिनित अधिकांश चलचित्र सफल रहेको थियो। उनको अभिनय र सुन्दरताको प्रशंसा हुन्थ्यो। त्यो लोकप्रियताको बीचमै उनी २०६२ सालमा नेपाली चलचित्रबाट पलायन भइन्। सुरज चन्द सँग वैवाहिक सम्बन्ध विच्छेद भएपछि उनले  दोश्रो विवाह राजु लामा संग गरिन्। हाल उनी परिवार सहित संयुक्त राज्य अमेरिकाको मेरिल्यान्डमा बसोबास गर्दै आएकी छिन्।



५. मेलिना मानन्धर

एक समय आफ्नो सुन्दरता र अभिनयले दर्शकको मन लोभ्याउन सफल नायिका हुन मेलिना मानन्धर।  २०४९ रिलिज भएको चलचित्र प्रियसीबाट सिनेमामा पाइला चालेकी मेलिनाले सिमाना,प्रेमपिण्ड , कसलाई दिउँ याे जोवन लगायत ४५ को हाराहारीमा सिनेमामा अभिनय गरेकी छिन्। पचासको दशकमा अतिनै व्यस्त रहिन् उनी,उनी अभिनित थुप्रै चलचित्रहरू व्यापारिक रुपमा सफल रहे। अभिनेता मुकेश ढकाल सँग विवाह गरेकी मेलिना लामो समयदेखि नेपाली चलचित्रमा देखिएकी छैन। उनी हाल परिवारको साथमा संयुक्त राज्य अमेरिकामा बसोबास गर्दै आएकी छिन्।


६. सज्जा मैनाली

सज्जा मैनाली एक समयकी चर्चित अभिनेत्री हुन्। सुरिलो स्वर अनि मिलेको कद उनकाे चिनारी हो। सज्जाले नौ डाँडा पारी, कर्मयोद्धा, सावधान लगायत थुप्रै सिनेमामा अभिनय गरेकी छिन्। उनी अभिनित प्रायः अधिकांश सिनेमाले दर्शकको राम्रो साथ पाएको थियाे। ओम भट्टराई सँग विवाह गरेपश्चात नेपाली सिनेमाबाट पलायन भएकी सज्जा विगत लामो समयदेखि नेपाली चलचित्रमा देखिएकी छैन। यदाकदा उनको पनि वैवाहिक सम्बन्ध विच्छेद भएको समाचार पनि सुनिन्थ्यो। तर जे होस् , नेपाली चलचित्रमा सज्जा मैनालीको देन अतुलनीय छ।



७.कृष्टी मैनाली

कुनै समयकी चर्चीत अभिनेत्री कृष्टी मैनालीको बास्तविक नाम भने मिना खत्री हो।  चलचित्रमा प्रवेश गरेसँगै नाम परिवर्तन गरी मिनाबाट कृष्टी केसी भइन्। जब उज्जल मैनालीसँग उनको बिवाह भयाे, तब कृष्टी केसीबाट कृष्टी मैनाली भइन्। उनै कृष्टी मैनालीले सन्तान, युगदेखि युगसम्म, राँको, गोपीकृष्ण लगायत थुप्रै चलचित्रमा अभिनय गरेकी छिन्। त्यो समय कृष्टी सुन्दरताको साथै नृत्यको चौतर्फी चर्चा हुन्थ्यो। नेपाली सिनेमा बजारमा उनको माग राम्रो थियो, चलचित्रहरु पनि व्यापारिक हिसाबले सफल नै भइरहेका थिए। तर त्यसैबीच उनी सिनेमाबाट एकाएक पलायन भइन्। उनी हाल संयुक्त राज्य अमेरिकाको वासिंटन डिसीमा बसोवास गर्दै आएकी छिन्।


८. उषा पौडेल

एकसमयकी चर्चित अभिनेत्री हुन रुक्मणी पौडेल यानिकी उषा पौडेल। चलचित्र कर्म बाट नेपाली चलचित्रमा पाइला चालेकी उषाले जब लक्ष्मीप्रसाद देवकोटाको पुस्तकमा आधारित चलचित्र मुनमदनमा अभिनय गरिन्। तब उनकाे लोकप्रियता चुलिएर गयो। सिनेमा बजारमा उनको माग बढ्दै गयो। त्यसपछी उनले भरोसा, क्रोध, धमाका लगायत ३० को हाराहारीमा सिनेमामा अभिनय गरिन्। तर जब उनकाे व्यस्तता नेपाली चलचित्रमा बढ्दो थियाे, त्यहि समय भारतीय कलाक्षेत्रतिर पलायन भइन्। हिन्दी विज्ञापनमा काम गर्नुका साथै केही चर्चित टेलिसिरियलमा पनि देखा परिन्। उनी २०१६ मा अभिनेता सुधांशु जोशीसँग विवाह गरी संयुक्त राज्य अमेरिकामा बसोवास गर्दै आएकी थिइन्। तर ३ वर्ष नपुग्दै जोशीसँग सम्बन्ध विच्छेद हुन पुग्यो।


९. सारंगा श्रेष्ठ 

कुनै समय अभिनेत्री सारंगा श्रेष्ठको अभिनयको साथै नृत्यको एकदमै चर्चा हुन्थ्यो। उनलाई नेपाली सिनेमा उद्योगकी डान्सिङ queen पनि भन्ने गरिन्थ्यो। चलचित्र भाउजु बाट अभिनयमा पाईला चालेकी सारंगाले आगो, सारङ्गी ,सिन्दूर पोते, यो मायाको सागर लगायत थुप्रै सिनेमामा अभिनय गरेकी छिन्। उनी अभिनित प्राय अधिकांश चलचित्रले दर्शकको राम्रो साथ पाएको थियो।  


पहिलो वैवाहिक सम्बन्ध विच्छेद भएपछि उनले २०१३ मा रमेश कार्कीसँग विवाह गरिन्। त्यसपछि भने उनी नेपाली चलचित्र बाट पलायन भइन्।उनी विगत लामो समयदेखि संयुक्त राज्य अमेरिकाको मेरिल्यान्डमा बसोबास गर्दै आएकी छिन्। 


१०. विपना थापा 

एक समयकी व्यस्त अभिनेत्री हुन् विपना थापा। चलचित्र जन्मभूमिबाट अभिनयमा पाईला चालेकी विपनाले अर्जुन, शिवशक्ति, इन्द्रावती, मुग्लान ,आफ्नो मान्छे लगायत १११ ओटा चलचित्रमा अभिनय गरेकी छिन्। त्यो समय उनकाे अभिनय र नृत्यको चौतर्फी चर्चा हुने गर्थ्यो। एकपछि अर्काे सिनेमा सफल भएपछि उनले पारिश्रमिक पनि अरू नायिका भन्दा बढि लिन्थिन्। चलचित्र बरमालाको सुटिङको क्रममा भारतीय व्यापारी आशुतोष भारद्वाज सँग भेट भयो,जो उक्त सिनेमाको  निर्माता थिए। उनले २०६३ सालमा उनै व्यापारी भारद्वाज सँग विवाह गरीन्। त्यसपछी भने नेपाली सिनेमाबाट विपना थापा पलायन भइन्। उनी परिवारको साथ भारतको मथुरामा बस्दै आएकी छिन्। बेलाबखत नेपाल आइरहन्छिन्। पछिल्लो समय उनी चल

चित्र ह्रस्व दीर्घमा देखिँदै छिन्।


- सत्यराज राई 


सत्यराज राईको कविता 'धरा '

 शीर्षक: धरा 

छन्द: सार्दुलविकृडित 


यो ठुलो जगतै ब्रह्माण्ड बीचमा, अहो विशाल धरा।

कतै छ उष्णता उजाड मरुभूमि, कतै उद्यान मनोहरा।।

डाँडाकाँडा चाहुर अनि उपत्यका, पर्वत पखेरा पनि।

जेलिदै आँकुरा ढाकेर टाकुरा, फूल्छन् ती संजीवनी।।


प्राणीमा चेतना विकसित भइकन,बन्यो मानव सभ्यता।

मस्तिष्क मेधावी तत्वज्ञा र विद्वान, बन्छन्


विज्ञानबेता।।

विद्या ज्ञान आदर्श आस्था साधना, किन्तु चैतन्य रास।

खोलीको तटको ढुङ्गाढुङ्गा चारैतिर,बस्छन् ईश्वरले बास।।


प्राणी र हरिया वनस्पति पर्यावरण, अनुकुल जलवायु।

ओजस्वी अनुकुल अनन्त धराको, असङ्ख्य बर्ष आयु।।

बस्दथ्यो जीव नै अघिल्लो युगमा, यही धरातल माथि।

भेटिन्छ प्रमाण जिवाश्म भीमकाय,अस्थिरपञ्जर र छाती।।


कम्प कम्पन विपति यो धरामा, गड्गड्गड गड्गडाउँछ।

पग्लेर तरलै खनिज र परमाणु, लाभाहरु बगाउँछ।। 

जर्जर्जर जलाधी भूगर्भ विचलन,अहो प्रलयकारी।

उर्लन्छ गगनै चुम्न त्यो ज्वारभाटा, महासमुद्र पारी।।


आठै ती ग्रहगण घुम्दछ पथमा, पछ्याउँदै आफ्नो गति।

छपक्कै रोशनी उज्जर निहारिका, ताराहरु छन् कति।।

यो बिशाल धरणी गर्दछन् परिक्रमा, चन्द्र उज्जर मणि।

छक्कै पर्दो हो देखी यो बिचि

त्रता,स्वयम विधाता पनि।।


Wednesday, April 10, 2024

हिम्मतवाली नायिका रेखा थापाको जीवनी

 रेखा थापा नेपाली चलचित्रहरू प्रेमीहरूको लागि नौलो नाम होइन्, विषेशगरी ६० को दशकको दर्शकको निम्ति। त्यसो त रेखा थापाको एउटामात्र परिचय छैन। उनी नेपाली चलचित्र उद्योगकी सर्वाधिक सफल अभिनेत्री त हुन् नै,साथै एक राजनीतिज्ञ अनि समाजसेवी पनि हुन। पछिल्लो समय उनी विभिन्न माध्यमबाट नेपाली महिलाहरुको हकहितको निम्ति आवाज उठाउँदै आएकी छिन। चलचित्र हिरोबाट नेपाली सिनेमामा डेब्यु गरेकी रेखाले साढे दुई दशकको अभिनय यात्रा पूरा गरिसकेकी छिन्।




१ . बाल्यकाल

अभिनेत्री रेखा थापाको जन्म वि. सं. २०३९ साल भाद्र ५ गते मोरङ जिल्लाको सलकपुरमा भएको थियो। उनको बुवाको नाम प्रेम थापा हो भने आमाको नाम सरस्वती थापा हो। उनको नाम रेखा रहनुमा पनि एउटा रमाइलो प्रसङ्ग छ; उनको बुवा प्रेम थापा चलचित्र जीवन रेखा बाट असाध्यै प्रभावित थिए। त्यसैले छोराको नाम जीवन अनि छोरीकी नाम रेखा राखिदिने निधो गरे। त्यसै अनुरूप उनको नाम रेखा रहन गयो।


बाल्यकाल देखि नै हिम्मतिलो स्वभावकी रेखा उतिकै चञ्चले पनि थिइन। नाच्न, दौडन,रुख चढ्न सिपालु उनी कतिपय उपद्र्याई गर्दा आफू उम्किएर साथीहरूलाई पिटाई खुवाउँथिन। यसकारण पनि केटीहरु उनीसँग सँगत गर्न चाहँदैन थे। त्यो समय उनको केटीहरु भन्दा धेरै केटा साथीहरु थिए। आफूमाथि कुनैपनि प्रकारको शोषण भएको सहन सक्दिन्थिन उनी। जतिबेला उनी कक्षा ६ मा पढथिन,त्यै समय कक्षाको केटाले टोइलेटको भित्तामा उनकाे नाम जोडेर लेखेछन्। पछि त्यो केटोलाई टोइलेट मै थुनिदिएको अनुभव छ उनीसँग।


नाच्न र गाउनमा रुचि राख्ने रेखा जब कक्षा ९ मा अध्ययन गर्दै थिइन्। त्यही समयमा बिराटनगरमा मिस कोसी सौन्दर्य प्रतियोगिता आयोजना भइरहेको थियो। तर त्यो बेला उनलाई सौन्दर्य प्रतियोगितामा त्यति रुचि थिएन। तर प्रेमीले उनलाई प्रतियोगितामा भाग लिन हौसला र आग्रह गरेपछि अडसन दिन तयार भइन् । र मिस कोशीको उपाधि जितिन् पनि। 

मिस कोशीको उपाधि जितेपछि पूर्वमा उनको चर्चा हुन थाल्यो।त्यसले उनीमा थप हौसला बढ्दै गयो। जब माध्यमिक तहको अध्ययन सकेर बसिरहेको थिइन । त्यतिबेला मिस नेपालको अडिसन भइरहेको थियो। जहाँ उनले अडिसन दिइन्। र उत्कृष्ट १० मा पर्न सफल भइन्। 


२. फिल्मी करिअरको सुरुवात


मिस नेपालमा उत्कृष्ट १० मा परेपछि विभिन्न पत्रपत्रिकले उनकाे तस्वीर छापे। त्यहि बेला कान्तिपुर दैनिक र साप्ताहिकले पनि फ्रन्ट पेजमा उनको  तस्वीर छापिदियो।  त्यतिबेला निर्माता छविराज ओझा नया सिनेमाको लागि हिरोइनको खोजीमा थिए। कान्तिपुरको फ्रन्ट पेजमा छापिएको रेखाको फोटो जब डिरेक्टर नरेश पौडयालको नजरमा पर्यो, उनले त्यो तस्विर छविराज ओझालाई देखाए। रेखालाई चलचित्रमा ब्रेक दिन छवि पनि राजी भए। उनि चलचित्र हिरोमा अनुबन्ध भइन्। उक्त सिनेमा सफल भयो। चलचित्र हिरोमा समावेश गरिएको गीत तिम्रो मन त चक्कु छुरी चर्चित बन्यो त्यो समयमा। त्यसै गीतबाट उनको सुन्दरता र हाउभाउको चर्चा हुन थाल्यो। तर विडम्बना चलचित्र हिरोमा अभिनय गरेपछि पछिल्लो २ वर्षसम्म कूनै चलचित्रमा काम पाइनन्। उनि त्यस बीचमा धेरै दुखी भएको कुरा उनि बताउँछिन्। तर दुई वर्षपछि चलचित्र मितिनिमा काम गर्ने अवसर मिल्यो। जहाँ रेखा र विपना थापाकाे कम्बिनेसन दर्शकले असाध्यै रुचाए। सिनेमा सुपरहिट बन्यो।  त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन। 


छविराज ओझा सँगको सहकार्यकै समयमा उनले रेखा फिल्म्स नामको प्रोडक्सन कम्पनी पनि सुरुवात गरिन्। छविराज प्रोडक्सन र रेखा फिल्मसको को ब्यानरमा पहिलो सिनेमा अजम्बरी नाता हो। जून सुपरहिट बनेको थियो, पछि क्रमश हिम्मत, किस्मत, कसले चोर्यो मेरो मन जस्ता सिनेमाहरु निर्माण गरे। पछि छविसँग सम्बन्ध विच्छेद भएपछि रेखा फिल्मस् उनकाे एकल कम्पनी भयो। रेखा फिल्मसको ब्यानरमा बन्ने चलचित्रमा नाम चलेका अभिनेता भन्दा नयाँलाई प्राथमिकता दिइयो। रेखा फिल्मसको ब्यानरमा बनेको चलचित्र हिम्मतबाट बिराज भट्टले नायकको रूपमा डेब्यु गरे, आयुष रिजालले हिफाजतबाट, आर्यन सिग्देलले किस्मतबाट अनि चलचित्र रावणबाट सविन श्रेष्ठले डेब्यु गरे।


नायिका र निर्माताको रुपमा काम गरिरहेकी रेखाले चलचित्र हिम्मतवालीबाट पहिलो पल्ट निर्देशनमा हात हालिन्। पहिले श्याम भट्टराईलाई निर्देशनको जम्मा दिएपनि पछि आपसी विवादपछि भट्टराईले सिनेमा छोडे।त्यसपछि निर्देशनको भार आफैंले सम्हालिन।त्यसपछि  उनले चलचित्र मालिका निर्देशन  गरेकी छिन। तर पछिल्लो समय निर्माण गरेको चलचित्र उपहारलाई भने ज्ञानेन्द्र देउजाले निर्देशन गरेका छन् ।


३. वैवाहिक जीवन

जब रेखाको डेब्यु सिनेमा हिरो सुपरहिट भयो। सिनेमाको व्यापारिक सफलताले रेखालाई त फाइदा भयो नै छविलाई पनि सिनेमा निर्माण गर्न थप बाटो खुल्यो। त्यसपछिको उनीहरूबीचको निकटता प्रेम हुँदै विवाहमा परिणत भयो। तर औसत भन्दा कम उमेरमै वैवाहिक बन्धनमा बाँधिएकी रेखाको दाम्पत्य जीवन लामो समयसम्म टिक्न सकेन।  उनले १६ वर्षको उमेरमा चलचित्र निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्,जुन सम्बन्ध १२ वर्षपछि छुट्न पुग्यो। उनै छविराज ओझा रेखा थापाको डेब्यु सिनेमा हिरोको निर्माता हुन्। ओझासँग सम्बन्ध विच्छेद भएपछि उनी लामो समयसम्म एक्लो जीवन बिताइन्। त्यो अवधीमा केहि गायक अनि अभिनेताहरू संग प्रेम सम्बन्ध रहेको गसिपहरु पनि आए। 


निर्माता छविराज ओझासंग सम्बन्ध विच्छेद भएको करिब १० वर्षपछि उनले दोस्रो विवाह बलराम शाहीसँग गरिन्। बलराम शाही पेशाले एक व्यवसायी हुन्। उनकाे जन्मथलो जाजरकोट भएपनि इजरायलमा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका छन्। 




४. राजनीति जीवन

नेपाली चलचित्र उद्योगकी सर्वाधिक सफल नायिका रेखा थापाको राजनीति जीवन भने त्यति सफल हुन सकिरहेको छैन। एक समय उनले  सिंह दरबार घेराउ कार्यक्रममा  पुष्प कमल दाहाल प्रचण्डलाई नचाएकी थिइन्। नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँगको नाच त्यो समय चर्चा र आलोचनाको विषय नै बन्यो।  त्यस लगत्तै उनी २०७४ जेठ ४ गते नेकपा माओबादी पार्टीमा प्रवेश गरिन। तर दोस्रो संविधानसभाको निर्वाचनमा माओवादीबाट टिकट पाएपनि मतदाता सूचीमा नाम नभएपछि उनले चुनाव लड्न पाइनन्। त्यसपछिको केहि समय उनि मौन नै रहिन्।


उनै रेखा थापा  केहीवर्ष यता राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध छिन्। उनी राप्रपाको केन्द्रीय सदस्य हुन्। आफू नेपालि राजनीतिमा आउनुको मुख्य श्रेय नेपाली कांग्रेसको स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालालाई दिन्छिन्। विराटनगरदेखि काठमाडौंसम्मको यात्राको क्रममा भएको एक भेटको कारण उनी कोइरालाबाट प्रभावित भएको कुरा बताउँछिन्।



५. विवाद

हक्की स्वभावकी रेखा आफ्नो अभिनयको दौरानमा थुप्रैपटक विवादमा परिन्। कहिले पत्रकारलाई कुटेर त कहिले अमेरिका जाने नेपालीलाई भिखारी भनेर विवादमा परिरहिन। समकक्षी अभिनेताहरू संग पनि उनको सम्बन्ध राम्रो रहन सकेन।

प्रसङ्ग जोडौं निखिल उप्रेतीसँगको। कुनै समय यस्तो पनि थियो जतिबेला रेखा र निखिललाई लिएर फिल्म बनाउन निर्देशक निर्माता जोडतोड कोसिस गर्थे । रेखा र निखिलका फिल्महरूले बजार तताउथ्यो । तर पछि एकअर्काको स्टारडमको घमण्डले उनीहरूको सम्बन्धमा दरार आयो । रेखाले निखिललाई आफू जसरी नाचेर र अभिनय गरेर देखाउन च्यालेन्जसमेत गर्न थालिन् । यही कुराले उनीहरूको बोलचाल बन्द भयो। त्यतिमात्र होइन विराज भट्टसंग पनि विवाद भयो।  विराज भट्ट अभिनित चलचित्र  ‘दामिनी’ र रेखा थापाको फिल्म ‘काली’ एकसाथ प्रदर्शनमा आयो । ‘काली’ फिल्मले राम्रै व्यापार ग¥यो । Box-office मा ‘दामिनि’ कमजोर साबित भयो । लगत्तै रेखा थापाले ‘मरेको कुकुरलाई काँध राखेर बाघसँग प्रतिस्पर्धा गर्न नआउनू’ भनिन् । त्यो अभिव्यक्तिलाई धेरैले विराजलाई रेखाले मरेको कुकुर भनेको अर्थमा बुझे । जवाफमा विराजले रेखालाई ‘अनपढ’ र ‘म्यानरलेस’को संज्ञा दिए ।


बिराज भट्टसँग मात्र होइन अभिनेता आर्यन सिग्देल, सुदर्शन गौतम र निर्देशक श्याम भट्टराई सँग पनि सम्बन्ध चिसियो। चलचित्र कसले चोर्यो मेरो मनमा काम गरिसकेपछि रेखा र आर्यानको सम्बन्ध चिसियो। दाजुबैनिको सम्बन्ध रहेको निर्देशक श्याम भट्टराईसँग चलचित्र हिम्मतवालीको निर्माण क्रममा सम्बन्ध बिग्रिन पुग्यो। 

त्यसैगरी बिसं २०६९ सालको सौर्य दैनिक पत्रिकाको गाईजात्रा अंकमा रेखा थापाको विषयमा एउटा आर्टिकल छापिएको थियो। आफ्नो विषयमा अश्लील आर्टिकल छापेको भन्दै एक पत्रकारलाई अफिसमै गएर थप्पड हान्न भ्याइन्।40m

कतिपयले त रेखाले आफ्नो स्टारडमको घमन्ड गरिन् पनि भने। हुनपनि ५० को दशकमा महानायक राजेश हमालको जति क्रेज थियो नेपाली सिनेमामा त्यस्तै क्रेज थियो रेखा थापाको पनि। डेब्यु सिनेमा हिरोमा  पारिश्रमिकको रूपमा एक् रुपैयाँको चाँदीको सिक्का पाएकी रेखा एक समय एउटा सिनेमाको ५ लाख भन्दा बढी पारिश्रमिक बुझ्थिन। उनीमाथि लगानी गर्न निर्माताहरु हानाथाप पर्थ्यो, सुटिङको व्यस्तता पनि अति नै हुन्थ्यो। अझ उनकै शब्दमा भन्नुपर्दा खाना खाने समय पनि हुन्थिएन।


चलचित्र हिरोबाट अभिनय यात्रा सुरु गरेकी रेखाले  उपहारसम्म आइपुग्दा २०० भन्दा बढी संख्यामा चलचित्रमा काम गरिसकेकी छिन्। यो अवधिमा उनले थुप्रै हिट सिनेमाहरु नेपाली सिनेमा उद्योगलाई दिइसकेकी छिन्। हिम्मत,किस्मत,देवर बाबु, दुर्गा लगायतका दर्जनौ सिनेमाले हलमा १०० दिन् मनाउन सफल भएको थियो। पछिल्लो समय उनी अभिनयको अलावा निर्माण साथै निर्देशनको पाटो समेत सम्हाल्दै आएकी छिन्। 





६. समाजसेवा


अभिनेत्री रेखा थापा समाजसेवामा पनि सक्रिय छिन्।रेखाले २०७० साल पुस १९ गते शुक्रबार औपचारिक रुपमा ‘रेखा थापा फाउन्डेसन’ स्थापना गरी लोपन्मुख राउटे बालबालिकाको पालनपोषण साथै शिक्षाको निशुल्क व्यवस्था गरिन्। साथै उनको फाउन्डेसनले प्रदेश नम्बर दुईको सरकारले थालेको ‘बेटी पढाउ–बेटी बचाउ’ अभियानमा हातेमालो गर्यो। २०७२ को भूकम्पपछि गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि नायिका रेखा थापाले धुर्मुस–सुन्तलीलाई आर्थिक सहयोग गरेकी थिईन् । यस्तै नायिका थापाले आर्यघाटमा भुकम्प पिडितहरुको शव जलाउने पैसा नहुनेहरुका लागि समेत धेरै सहयोग गरेकी थिइन्। उनले  भुकम्पकमा घर भत्किएका ५ जना पत्रकार र प्राविधिक संघ लगायतलाई समेत आर्थिक सहयोग गरेकी थिइन् ।


७. चलचित्रमा योगदान


नेपाली चलचित्रमा रेखा थापाको योगदान अतुलनीय छ। किनभने  त्यस्ता केहिमात्र नेपाली अभिनेत्रीहरु छन् , जसले आफ्नो फिल्मी करिअर सुरु गरेदेखि आजसम्म नेपाली चलचित्रमा क्रियाशील छन्। त्यसमध्येको एउटा नाम हो रेखा थापा,जो चलचित्र हिरोदेखि आजको चलचित्रको उपहारसम्म आइपुग्दा पनि यही क्षेत्रमा क्रियाशील छिन्। अरुणिमा लम्साल, ऋचा घिमिरे, मेलिना मानन्धर लगायत उनको धेरैजसो समकक्षी अभिनेत्रीहरू नेपाली चलचित्रबाट पलायन भइसकेका छन्, तर उनी भने निरन्तर नेपाली चलचित्रमा क्रियाशील छिन। चलचित्रबाट मनोरन्जनमात्र नभई सन्देश पनि दिन सकिन्छ भन्ने कुराको उदाहरण उनको पछील्लो सिनेमाहरु हुन। पछिल्लो समय उनले निर्माण गरेको च

लचित्रहरुमा नारी शसक्तिकरणको विषय समावेश गरिएको छ। 

The trailer of the movie Joker 2 has been released

 Entertainment| The first trailer of the second sequel of Hollywood blockbuster cinema 'Joker' has been released on Wednesday. The first sequel of which was shown in 2019. The movie, which was nominated in 11 categories and won 2 awards at the world's prestigious Oscar Awards, managed to collect 1.079 billion US dollars at the box office. 



The second sequel of the same movie will be screened worldwide from October 4. The love story is presented in the 2 minute 24 second long trailer. In the presented trailer, the two characters of the movie, Clown Prince and Harley Queen, say that love is the most important thing in the world right now. This is the message that the cinema is trying to convey.


https://youtube.com/watch?v=xy8aJw1vYHo&si=i-QrTXrOqRJ4t50E


The second sequel of Joker, directed by Todd Phillips, has been produced with an investment of 200 million US dollars. Actors such as Joaquin Phoenix, Lady Gaga and Zazie Beets can be seen in this movie. As the movie Joker, which was released in 2019, managed to leave a good impression on the audience, it is predicted that the second sequel will also do aggressive busines

s.   -Satya Raj Rai 

Tuesday, April 9, 2024

Indian artists who are related to Nepal

 It is said that Nepal and India have a relationship between Roti and beti. Some Nepalis have married Indians and settled there, some Indians have settled in Nepal after marriage. I am talking about some of these Indian artists who are related to Nepal. Now on to the subject.


1. denny denzompa


Danny, the famous villain of Indian cinema, has an old relationship with Nepal. One is that he is an Indian of Nepali origin and he sang half a dozen Nepali songs at the beginning of his career. Songs sung by him including 'Rato Rani Phule Jhai Saanjha ma, Suna Katha Euta Geet' are still hanging in Nepali people's lips.


2. Govinda Ahuja


Govinda Ahja is a popular name in the Indian film industry. Also, he does not have only one identity, he is not only an actor but also a dancer, choreographer and comedian. Gobinda is married to a Nepalese girl. He is married to Sunita Rana. He is the son-in-law of Nepal. When he goes to every event, he meets some Nepalese who says that Nepal is his in-laws' home.


4. Bharti Singh


Bharti Singh tops the list of famous female comedians in India. Comedian Bharti Singh also has Nepalese blood. His mother was a Punjabi while his father was a Nepali. Bharti, who can speak a little Nepali, says that she has a deep connection with Nepal


4. Mala Sinha


The relation of Nepalese towards Bollywood should not be different from the one established by Mala Sinha. Mala Sinha, who was once famous in Bollywood, is a Nepali. His father is Nepalese. Mala Sinha, who made her career in Bollywood by working in the movie Maiti Karma directed by BS Thapa, became a daughter of Nepal and earned both name and price in Bollywood. Sometimes she comes to Nepal.


5. Ahmed Khan


Bollywood's famous choreographer Ahmed Khan also has a signature with Nepal. His father is Indian and his mother is Nepalese. He has told many times that his mother is Nepali through the Indian television reality show Dance India Dance.


6. Sriti Jha


Pragya's real name is Shriti Jha, the character of the famous Indian tele serial Kumkum Bhagya. Many have said that he is a Nepali. But actually he is not Nepali. Shriti had lived in Kathmandu for a long time with her family. Born in bihar, Shruti completed her studies at Modern Indian School in Kathmandu. She can speak Nepali well because she spen


t her childhood in Nepal

जन्मभूमिलाई कविता मार्फत प्रस्तुत गर्दा; खाँबु सेरोफेरो

 खाँबु सेरोफेरो छन्द : शार्दूलविक्रिडित यो भूमि खाँबु हो अत्यन्त मनोहर, जस्तो अरू छ कहाँ ।  प्रकृति देवीको साक्षात नजराना, खुसी फुल्दछ जहाँ...